काठमाडौं– पछिल्लो २४ घण्टामा थप ८१५ जना संक्रमित भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
