काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
