काठमाडौं – सत्तारुढ गठबन्धन दलहरुले आगामी निर्वाचनको लागी चुनावी तालमेलका लागी कार्यदल गठन गर्ने निर्णय गरेका छन । मंसिर ४ गते आम निर्वाचन घोषणा गरेको भोलिपल्ट शुक्रवार बसेको बैठकले निर्वाचन सम्मै गठवन्धन लैजाने र चुनावी तालमेल तथा सिट बाँटफाँट सम्बन्धी विषयमा गृहकार्य गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलले भदौको पहिलो सता तालमेल टुङ्गाउँने निर्णय पनि बैठकले गरेको छ ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।
नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
