Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण


  • बिहिबार, साउन १९ २०७९

  • श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

    काठमाडौं– नेपालगञ्जमा श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गरिएको एयरलाइन्सले जनाएको छ । बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो ।
    सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij