काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
