Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ -प्रधानमन्त्री


  • शुक्रबार, साउन ६ २०७९

  • सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ -प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने बताएका छन्। कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौं महाधिवेशनलाई मकवानपुरको हेटौंमा आज उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सत्यतथ्य सूचनाले मुलुकको विकासमा सहयोग गर्न पनि बताए।
    प्रधानमन्त्री देउवाले भने– ‘लोकतन्त्र बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ। लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति हामी प्रतिबद्ध छौं। सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ ।’
    उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ रहेको उनको भनाइ थियो।
    ‘मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ,’ उनले भने।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij