Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छोरी बचाउँन जाँदा बुवाको पनि मृत्यु


  • बिहिबार, साउन ५ २०७९

  • छोरी बचाउँन जाँदा बुवाको पनि मृत्यु

    स्याङ्जा- स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए।

    उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिएको थियो। चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij