विध्यार्थी भिषामा कीर्ते कागजात प्रयोग बढयो
एकपछि अर्को आवेदन र कागजात नक्कली पाउन थालिएपछि अस्ट्रेलियन अध्यागमन बिभागले नेपाली विध्यार्थीहरुको भिषामा निकै कडाइ गरेको छ । जसको परिणामस्वरुप पछिल्लो एक महिनामा करिब ७५ प्रतिशत भेट शिक्षामा जाने विध्यार्थीको भिषा रद्ध भएको छ । अस्ट्रेलियन सरकारले भर्खरै जारी गरेको अन्तर्राष्ट्रीय विध्यार्थीको प्रवेशाज्ञा सम्वन्धि नीयममा नेपाल लगायत केहि अन्य मुलुकहरुले नक्कली कागजात पेश गरेको आफ्नो प्रतिेबदनमा उल्लेख गरेको छ । गत जुलाइ चारमा अस्ट्रेलियन सरकारद्धारा जारी गरिएको भिषा सम्वन्धि नया प्रतिबेदनमा स्पष्ट रुपमा नेपाली बिध्यार्थीहरुको भेट सेक्टरमा नक्कली कागजातहरुको बढदो प्रयोगलाई इंकित गर्दै कलेजहरुको पनि बदमाशी देखिएको बताएको छ । अस्ट्रेलीयन सरकारको गंभिर चासो समेत देखिएको यो बिषयका कारण च्याउझै उम्रेका नेपालीहरुको कलेजहरु निकट भबिष्यमा संकटमा पर्ने देखिएको छ ।
बन्द खुलेपछि पछिल्लो ५ महिनामा जसरी हुलमुलका साथ नेपाली बिध्यार्थी अष्ट्रेलिया आएका थिए अहिले ठाक्कै उल्टो अर्थात भिषा त्यसरीनै रद्द भैरहेको एक एजेन्टले बताए । कोरोनाको महामारी पछि अस्ट्रेलियन बोर्डर खुलेपछि डिसेम्बर २०२१ देखि २०२२ को मे अन्तिमसम्म १८ हजार आठ सय ८९ नेपाली विध्यार्थीहरु अस्ट्रेलियामा उच्च अध्यनका लागि आएको तथ्यांकमा बताइएको छ । जुन अस्ट्रेलियामा आउने अन्तराष्ट्रीय विध्यार्थीहरुको हकमा तेस्रो ठुलो संख्या हो । यस पटक ३४ हजार सहित भारत पहिलो नम्बरमा र २५ हजार आठ सय ८९ विध्यार्थी सहित चिन दोस्रो नम्बरमा रहेको छ । त्यसपछि भियतनाम ७ हजार विध्यार्थी सहित चौथो नम्बरमा रहेको छ ।
अस्ट्रेलियन सरकारको नया भिषा निती अनुरुप उच अध्यनमा आउने बिध्यार्थीहरु गम्भीर नभएको र प्राभोइडर समेतले उनिहरुलाई भर्ना प्रकृयामा गंभिरता नदेखाएको समेत उल्लेख गरिएको छ । शैक्षिक उद्योगीहरुले विध्यार्थीलाई उनिहरुको योग्यता र दक्षता नाप्ने प्रकृया समेत पुरा नगरेको र यस्तो महत्वपुर्ण बिषयमा समेत उदासिन रहेको समेत जनाएको छ । पढनका लागि आर्थिक तथा शैक्षिक योग्यता पुरा गरेर आएका बिध्यार्थीहरु केहि महिनामै कोर्स परीवर्तन गर्ने र कलेज परिवर्तन गर्नेजस्ता कार्यहरु समेत बढदै गएकोमा प्रतिबेदनले चिन्ता समेत ब्यक्त गरेको छ ।
पछिल्ला सात महिनामा १८ हजार विध्यार्थी आएको अस्ट्रेलियामा जुनको अन्तदेखिनै विध्यार्थी भीषामा निकै कडाइ गरेको गाइगुइ सुनिन थालिएको छ भने त्यसको लगत्तै आएको अस्ट्रेलिया सरकारको प्रवेशाज्ञा प्रतिबेदनमा नेपालको नाम समेत जोडिएर किर्ते कामजातमा जोडिनु नकरात्मक संकेत बनेको छ ।
विध्यार्थीहरु पढाइ छाडेर कमाउने काम तिर मात्र बढि लाग्न थालेपछि नेपाली युवा शक्तीहरु शैक्षिक अपचलनको शिकार समेत हुन पुगेको कयैन उदाहरण छरपष्ट देखिन थालिएको छ । डाक्टर र इन्जिनियर पढने सपना बोकेर राम्रा प्रतिशत ल्याएका विध्यार्थीहरुलाई समेत केहि बदमास एजेन्ट र कमिशनको चक्करमा गलत सल्लाह दिएर डिप्लोमा र एडभान्स डिप्लोमामा भर्ना गर्न प्रेरित गर्ने नेपाली शैक्षिक परामर्शदाताहरु यसको जिम्मेबार कडी हुन, एक अध्यागमन एजेन्ट बताउछन ।
यसअघि पनि सात आठ बर्ष अधि नेपाललाई अस्ट्रेलियन सरकारले नेपाललाइ रिक्स जोन अर्थात खतरा क्षेत्रका रुपमा परिभाषित गरेको थियो र अहिले पनि त्यस्तै किसिमको प्रतिबेदन आएको छ ,एक अध्यागमन एजेन्ट बताउछन । यो नौलो कुरा त होइन तर मुलुकको लागि नकरात्मक संकेत भने हो , किनभने स्पष्ट रुपमा नक्कली कागजातको सवालमा नेपालको नाम मुछिनु भनेको मानमर्दन अर्थात बेइज्जत हुनु हो ।
डाक्टर र इन्जिनियर पढन आएका बिध्यार्थीलाई कुकरीमा पीआर हुन्छ अनि पैसा पनि कमाइन्छ भनेर यता पढाइ नहुने डिप्लोमा कलेजमा पठाइदिए पछि हालत के हुन्छ, ती एजेन्ट भन्छन । राज्यले नेपाली युवा शक्ती बिदेशिदैगर्दा कस्तो शैक्षिक उद्देस्यका साथ गइरहेका छन त भन्ने कुराको बिश्लेषण गर्नु जरुरी देखिएको छ । यता अस्ट्रेलियन सरकारले नक्कली कागजात पेश गर्ने मुलुकहरुमा नेपाललाई किटेरै दस्तावेजमा उल्लेख गर्नु र यसरी एक पछि अर्काे घटनाक्रमहरु घटनुलाई नेपाल सरकार र अस्ट्रेलियामा रहेको नेपाली राजदुतावासले गम्भीर रुपमा लिनुपर्ने देखिन्छ । 
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
