काठमाडौं – पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।
जसमध्ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
