काठमाडौं -बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो । तनावपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
केही समय विवाद भए पनि अहिले मतदान सुरु भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
