Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कामनपा वार्ड ४ का वडा अध्यक्ष महर्जन माथी पक्राउ पुर्जी जारी भए पछि अदालतमा उपस्थित


  • बिहिबार, असार १६ २०७९

  • कामनपा वार्ड ४ का वडा अध्यक्ष महर्जन माथी पक्राउ पुर्जी जारी भए पछि अदालतमा उपस्थित

    काठमाडौं – काठमाडौं महानगर पालिका वार्ड नं . ४ का वडा अध्यक्ष दिनेश मर्हजनल सोही वडाको सदस्य हुँदा वृद्ध भत्ता हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भए पछि जिल्ला अदालत काठमाडौंमा विहिवार उपस्थित भएका छन ।

    चिजमाया लिम्बुको १२ हजार भत्ता सम्बन्धीत व्यक्तिलाई नदिई हिनामिना गरेको आरोप उनीहरु माथि लागेको छ । वृद्ध भत्ता हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परे पछि महान्याधिवक्ताको कार्यालयले यस विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीका नाममा आदेश जारी गरेको थियो ।

    अदालतले उनी माथी पक्राउ पुर्जी जारी गरे पछि उनी प्रहरीमा उपस्थित नभई सिधै अदालतमा उपस्थित भएका थिए । जिल्ला अदालतमा आजै वहस हुने भएको छ । महर्जन गत स्थानिय निर्वाचनमा एमालेका तर्फवाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

    नेकपा एमाले सरकारमा हुँदा नै उनी माथी वृद्धभत्ता हिनामिनाको आरोप लागेको थियो । तत्कालिन सरकारको दवावमा प्रहरीले उनलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लाग्दै आएको छ । मर्हजनले पिडित लिम्बुको छोरालाई पक्राउ गर्न लगाई दुःख दिएको आरोप समेत लागेको छ ।

    घटनालाई वडा अध्यक्ष मर्हजनले राजनितिक रंग दिए पनि पीडितले न्याय नपाई उल्टै प्रहरी प्रशासन लगाएर पक्राउ गर्न लगाए पछि विवाद चर्किएको स्थानियहरु बताउँछन ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij