काठमाडौं – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नारायणी र यसका साना सहायक नदीहरुमा आजदेखि जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले जारी गरेको सूचनामा लेखिए अनुसार नारायणी जलाधार क्षेत्रका बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आज र भोलि जलसतह उल्लेख्य बढेर मध्यम जोखिमको अवस्थासम्म पुग्ने पूर्वानुमान छ ।
असार १०,
आज देखि नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नु पर्ने भएमा उच्च सतर्कता अपनाऔं। pic.twitter.com/fZZ6GmBZK6— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 24, 2022
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
