काठमाडौं – ठगी आरोपामा मुद्धा चलेका इच्छा राज तामाङलाई आर्थिक लेनदेनमा धरौरीमा छाडन अधिवक्त रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधिश राजकुमार कोइराला विच भएको कुराकानीको टेप सार्वजनिक भए पछि न्याय परिषदले छानविन समिति गठन गरेको छ । न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा छनविन समिति गर्न गर्ने निर्णय भएको हो । छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् ।
न्यायाधिश कोइरालाले भने आफु निर्दोश भएको जिकिर गरेका छन । उनले दवावका वावजुत निष्पक्ष भूमिका निर्वाह गरेको दावी गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
