काठमाडौं – पदिय मर्यादा विपरीत अपशब्द बोलेर वारम्वार विवादमा पर्दै आएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले विरुद्ध संसदको आचरण अनुगमन समितिमा उजुरी परेको छ । मुम्बईमा बस्ने एक नेपाली र नेपाल वायुसेवा निगमका अध्यक्ष संग टेलिफोन सम्वादमा अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएको भन्दै अधिवक्ता किशोर पौडेल अनुप भट्टाई र रेजिना पौडेलले उजुरी दर्ता गराएका हुन । उजुरीको बोधार्थ सभामुख उपसभामुख र विपक्षी दलका नेता र संसद सचिवालयका महासचिवलाई दिइएको छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
