काठमाडौं – सरकारले किसानलाई मल उपलब्ध गराउन नसकिरहेको वेला धादिङमा किसानहरुले दुई ट्रक मल लुटेका छन । राजश्व अनुशन्धान विभागले अवैध मल पक्राउ गरी काठमाडौ लान लागिरहेको अवस्थामा किसानहरुले मल लुटेको प्रहरीले जनाएको छ । मल शसस्त्र प्रहरीको सुरक्षामा काठमाडौं लगिरहेको अवस्थामा करिव चार सयको संख्यामा आएका किसानले मल लुटेका हुन । धार्केवाट काठमाडौं लगिदै गरेको अवस्थामा किसानले चरौदीमा मल लुटेका हुन ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
