काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । नायब सुब्बा सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको देखिएको छ।
भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैया अकुत सम्पती कमाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए। उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए ।
भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ। आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
