Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी र कांग्रेसका पनि मन्त्री फेरिँदै छन ?


  • सोमबार, जेष्ठ ३० २०७९

  • माओवादी र कांग्रेसका पनि मन्त्री फेरिँदै छन ?

    काठमाडौं – नेकपा एकिकृत समाजवादीले आफ्ना मन्त्रीहरु फेर्ने निर्णय गरेर पनि वजेट पास नभए सम्म कार्यान्वयन नभइरहेको वेला माओवादी केन्द्र र नेपाली कांग्रेस भित्र समेत मन्त्री फेर्ने दवाव बढेको छ । माओवादी भित्र अर्थमन्त्री फेर्न पार्टी भित्रैबाट दवाव बढेको छ । पार्टीक सिनियर नेताहरुले शर्मा लाई हटाउन अध्यक्ष पुष्पकमल दाहाल लाई दवाव बढाएका छन ।
    पार्टी भित्रको दवाव बढे पछी प्रचण्डले यसबारे विचार गर्ने वचन दिएको माओवादी नेताहरुले बताउँने गरेका छन । शर्माले अर्थ मन्त्रालय चलाउन नसकेको आरोप पार्टी भित्रैबाट लागेको छ । शर्मालाई अर्थ मन्त्रीवाट हटाएर त्यहाँ संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई लैजानेबारे गठवन्धनमा छलफल चलेको स्रोतले बताएको छ । यदि त्यसो भएमा माओवादीले गृह मन्त्रालय मागेको बताइएको छ । माओवादीले अर्थमन्त्री छाडेर गृह मन्त्रालय लिएमा नारायण काजी श्रेषठलाई पठाउने वारे समेत छलफल चलेको स्रोतको भनाई छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij