Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


  • सोमबार, जेष्ठ १६ २०७९

  • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    काठमाडौं – जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ । सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

    निर्णयहरु : ः

    १) बेल्जियमको राजधानी ब्रसेलसमा विस २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोवल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
    २) नेपाल बैंक लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने ।

    ३) गणतन्त्र दिवसको अवसरमा उपमाकान्त पराजुलीसहित १६ जनाको कैद माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

    ४) नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायतको भ्रमण दललाई युनिफिल्ड लेवनान र सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने ।

    ५) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने ।

    ६) सुरक्षण मुद्रण समिति गठन तेस्रो संसोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ (क) बमोजिम सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल्प पौडेललाई पदावधी १ पटकका लागि थप गर्ने ।

    ७) परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सल्ट्यान्ट डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत गर्ने ।

    ८) लोकसेवा आयोगको सिफासि बमोजिम निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती तथा पदस्थापन गर्ने ।
    ९) बजेट तथा अर्थसम्बन्धी विधेयकहरु संघीय संसद्मा पेश गर्ने ।

    १०) मूल्यअभिवृद्धि कर २४ औँ संसोधन नियमावली २०७९, अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij