Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु


  • बिहिबार, जेष्ठ १२ २०७९

  • सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोक लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नं को एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी-७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij