Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हालसम्म ६२८ स्थानीय तहको मतपरिणाम सार्वजनिक


  • शुक्रबार, जेष्ठ ६ २०७९

  • हालसम्म ६२८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

    काठमाडौं– वैशाख ३० गते निर्वाचन भएका ६२८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममध्ये सबभन्दा धेरै स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ।

    नेपाली कांग्रेसले २८० स्थानमा जित हात पारेको छ। नेपाली कांग्रेसले १०२ वटा नगरपालिकामा मेयर र १७८ गाउँपालिका अध्यक्षमा जित हात पारेको छ।

    त्यस्तै, नेकपा एमालेले १७३ स्थानीय तह जितेको छ। एमालेले ५९ स्थानीय तहमा मेयर र ११५ गाउँपालिकामा अध्यक्ष जितेको छ।

    त्यसैगरी नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहमा जित हात पारको छ। २० नगरपालिका र ९२ गाउँपालिकामा माओवादीले जितेको हो।
    त्यस्तै, पछिल्लो तथ्याङ्क अनुसार जनता समाजवादी पार्टीले १६ स्थानीय तह जितेको छ भने एकीकृत समाजवादी पार्टीले १२ वटा स्थानीय तहमा जितेको छ।

    त्यस्तै अन्य दलहरूले ३५ वटा स्थानीय तह जितेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij