Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखाको मेयरमा एमालेका अधिकारी र उपमेयरमा कांग्रेसका तामाङ विजयी


  • बुधबार, जेष्ठ ४ २०७९

  • टोखाको मेयरमा एमालेका अधिकारी र उपमेयरमा कांग्रेसका तामाङ विजयी

    काठमाडौं- काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। उनि यसअघि पनि मेयर रहेका थिए ।
    नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्।

    अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् । कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन् ।

    मतगणनाको शुरूवाती चरणदेखि नै अधिकारी र थापाबीच कडा प्रतिष्पर्धा चलिरहेको थियो ।

    यस्तै उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij