Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियामा विध्यार्थी पठाउने पहिलो नम्बरमा नेपाल


  • सोमबार, जेष्ठ २ २०७९

  • अस्ट्रेलियामा विध्यार्थी पठाउने पहिलो नम्बरमा नेपाल

    अष्ट्रेलियाले नेपाली विद्यार्थी हवात्तै बढेका छन र सरकारले यतिखेर विध्यार्थीलाई प्राथमिकता दिएको पाइएको छ । अष्ट्रेलियामा भएको एक अध्ययन अनुसार गत मार्च महिनामा मात्रै त्यहाँ अध्ययनका लागि ४ हजार ७ सय ८८ नेपाली विद्यार्थीले अध्यन भिषाका लागि आवेदन दिएका थिए। जसमध्ये ९१.८ आवेदन स्वीकृत भएको थियो । यो प्रतिशत भनेको नेपालको लागि महत्वपुर्ण र अर्थपुर्ण पनि हो । किनभने कतिपय विध्यार्थीहरुको विविध अन्य कारण पनि भिषा रद्द हुने भएकोले नेपालको सन्दर्भमा यसलाई शत प्रतिशतै भन्दा फरक पर्दैन । पछिल्लो पाँच महिनाको भिसा स्वीकृति दर हेर्दा नेपाली विद्यार्थीको स्वीकृति दर भारतीय तथा पाकिस्तानी विद्यार्थीको तुलनामा निकै धेरै रहेको देखिन्छ । त्यस्तै, गतमार्च महिनामा चिनियाँ विद्यार्थीहरुबाट अष्ट्रेलिया अध्ययनका लागि आवेदन गर्नेको संख्या ३ हजार ९ सय ३० रहेको तथ्यांक पाईएको छ। त्यसैगरी ३ हजार ४ सय ८३ भारतीय विद्यार्थीले मार्च महिनामा अष्ट्रेलिया पढ्न आवेदन पेश गरे। जसमा ६५.५ प्रतिशतको भिसा आवेदन स्वीकृति भएको छ । भिसा आवेदन दिएकामध्ये ७३‍.४ प्रतिशत पाकिस्तानी विद्यार्थीको भिसा स्वीकृति भएको तथ्यांकले देखाउछ । 
    अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विध्यार्थीहरुको संख्यात्मक हिसाबले चिन पहिलो मुलुक भएपनि यो बर्षको प्रारम्भमा नेपालले सबैको किर्तिमान तोड्दै पहिलो नम्बरमा आफुलाई उभ्याएको छ । अहिलेपनि नम्बरका हिसाबले चिन र भारतपछि अस्ट्रेलियामा उच्च शिक्षामा पढन आउने विध्यार्थीहरुमा नेपाली रहेका छन । तर कोरोनाको माहामारी पछि भने अन्य देशको तुलनामा नेपालवाट आउने विध्यार्थीहरुको संख्यामा तिब्र बृद्धी भएको छ । जसले गर्दा गत मार्च महिनामा त करिब ४१ सय नेपाली विध्यार्थीहरुको अध्यन भिषा स्वीकृत भएपछि नेपाल चिन र भारतलाई पनि उछिन्दै पहिलो भएको छ । यद्यपि विश्वव्यापी आर्थिक संकटको कारणले विदेशी विद्यार्थीको आप्रवासन दर पहिला तीव्र रुपमा घट्दै गएको थियो । सन् २०१४/१५ देखिको अष्ट्रेलियामा आप्रवासनको तथ्यांक केलाउँदा ४० प्रतिशत विदेशी विद्यार्थीको हिस्सा रहेको थियो । सन् २०१८/१९ मा आउँदा त्यसले ४७ प्रतिशत ओगटीसकेको छ । मुलुकको स्थीती र परिस्थीतीले पनि नेपाली युवालाई बिदेशीने कुरामा बढि मद्दत पुगेको छ भने त्यसमाथि अस्ट्रेलिया संभावना भएको मुलुक हुनाले पनि यो युवा वर्गको आकर्षणको केन्द्र बनेको शम्सेर थापा एन्ड एशोसियट्सका रजिष्टर्ड माइग्रेशन एजेन्ट ध्रुब दाहाल बताउछन । यहा अध्यनका लागि बिश्वबिख्यात बिश्वबिद्यालयदेखि गच्छे अनुरुपको सस्ता डिप्लोमा कलेजपनि छन र सबै बर्गले यसलाइ आत्मसात गर्न सक्ने हुनाले पनि यतिखेर अस्ट्रेलिया नेपाली विध्यार्थीहरुहरुको प्रमुख गन्तब्य बनेको हो, दाहालले सुनाए । 
    पछिल्लो कोरोनाको माहामारी पछि बोर्डर खुलेपछि मात्र अस्ट्रेलियामा करिब एक लाख २० हजार अन्तर्राष्ट्रय विध्यार्थीहरुले अध्यनका लागि भिषा आवेदन दिएका छन ।
    जसमा फ्रेब्रुअरी र मार्च महिनामा क्रमस २७ हजार एक सय विध्यार्थीहरुको आवेदन परेको थियो । उज्वल भबिष्य र मौकाको खोजीमा बिदेशीने अन्तराष्ट्रीय विध्यार्थीहरुले आफ्नो अध्यनपछि बिस्तारै स्थायीत्व खोज्दै जाने हुनाले अस्ट्रेलियन सरकारले आफ्नो आवश्यकता र चाहना अनुरुप प्रतेक बर्ष दक्ष कामदारका रुपमा तिसौ हजार विध्यार्थीलाई पीआर प्रदान गर्दै आएको छ । मिहिनेत र परिश्रम गर्नेका लागि अस्ट्रेलिया एउटा महत्वपुर्ण गन्तब्यका रुपमा रहेको टिम कन्सल्टका शैक्षिक परामर्शदाता बुद्धी डल्लाकोटी बताउछन । यहा संभावनाका थुप्रै वाटाहरु छन र गरिखानेका लागि कयैन वाटाहरु पनि छन,त्यसैले पनि अस्ट्रेलिया नेपाली विध्यार्थीहरुको लोकप्रीय गन्तब्य बनेको हो, डल्लाकोटीले सुनाए । 

     
     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij