Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुर नगरपालिकामा सुनील प्रजापति विजयी


  • सोमबार, जेष्ठ २ २०७९

  • भक्तपुर नगरपालिकामा सुनील प्रजापति विजयी

    काठमाडौं- भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

    मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् ।

    त्यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राप्रपाका बद्री लाखाजुले ११३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १२१ मत पाएका छन् ।

    उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२, राप्रपाकी लक्ष्मी छुस्याबागले ११८० मत पाएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij