काठमाडौं– श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ। बुधबार काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको हो । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।
जहाज सकुशल अवतरण भइसकेको छ। अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
