Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओखलढुङ्गाको लिखु गाउँपालिकामा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी


  • बुधबार, बैशाख २१ २०७९

  • ओखलढुङ्गाको लिखु गाउँपालिकामा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

     

    काठमाडौं– ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
    विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

    उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको प्रहरी कार्यालयले जनाएको छ ।
    लिखु गाउँपालिका – ९ घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij