Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्थानीय जनप्रतिनिधिले फेरि उम्मेदवार बन्न राजीनामा दिनैपर्ने


  • मंगलबार, बैशाख ६ २०७९

  • स्थानीय जनप्रतिनिधिले फेरि उम्मेदवार बन्न राजीनामा दिनैपर्ने

    काठमाडौं– निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचन २०७९ को आचारसंहिताको विषयमा परेको रिट खारेज गरेको छ।
    जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाविरूद्ध रिट परेको थियो। न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार रिट खारेज गर्ने फैसला गरेको सर्वोच्च प्रवक्ता विमल पौडेलले जानकारी दिए।
    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दिएका थिए।
    आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij