Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ – प्रधानमन्त्री


  • मंगलबार, बैशाख ६ २०७९

  • गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ – प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्रीले गठबन्धन तोड्न नहुने बताए। नेविसंघको स्थापना दिवसमा आज सम्बोधन गर्दै देउवाले भने ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, तर गठबन्धन तोड्न हुन्न।’
    उनले पाँचदलीय गठबन्धनबाट आफू प्रधानमन्त्री भएको र यो गठबन्धन चुनावसम्मै लैजाने बताए। गठबन्धनमा रहेका दलहरूलाई चुनावमा उचित स्थान दिनुपर्ने उनले बताए।
    ‘कांग्रेस ठूलो पार्टी छ धेरै सिट लिनुस्। हामीलाई पनि केही सिट दिनुस् भनेका छन्,’ देउवाले भने, ‘उनीहरूलाई पनि स्थान दिनुपर्छ। गठबन्धन बचाउनुपर्छ।’
    साथै विगतमा एमाले र माओवादी मिल्दा कांग्रेस हारेको भन्दै गठबन्धन आवश्यक रहेको स्पष्ट पारे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij