Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारको निर्णयविरुद्ध गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च पुगे


  • आइतबार, बैशाख ४ २०७९

  • सरकारको निर्णयविरुद्ध गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च पुगे

    काठमाडौं – नेपाल राष्ट्र बैंकका निलम्बीत गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्ने तयारी गरेका हुन् । गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै रिट दर्ता गर्ने तयारी गरेका हुन् । सर्वोच्च स्रोतका अनुसार गभर्नर अधिकारीको रिट निवेदनमाथि अध्ययन गरिरहेको छ ।
    अधिकारीले आफ्नो अधिवक्तामार्फत सार्वेच्चमा रिट दर्ता गर्न लागेको पुष्टि गरे । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी निलम्बनमा छन् ।

    गभर्नरलाई पदमुक्त गर्नुअघि जाँचबुझ गर्न समिति गठन गर्नुपर्ने नेपाल राष्ट्र बैंक ऐन २०५८ मा व्यवस्था छ । राष्ट्रबैंक ऐन २०५८ को दफा २२ मा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्न जाँचबुझ समिति गठन र त्यसको सिफारिस अनिवार्य हुने व्यवस्था छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij