Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्याङ्जामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


  • आइतबार, बैशाख ४ २०७९

  • स्याङ्जामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

    काठमाडौं – स्याङ्जाको वालिङ नगरपालिका डाँडाखर्कमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका- १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा चालकसहित पाँचजना घाइते भएका छन् । चालकसहित गम्भीर घाइते तीनजनालाई उपचारका लागि पोखरातर्फ पठाइएको छ । मध्यम घाइते दुईजनाको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । मृतकको सनाखत भइसकेको छैन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij