Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँच दलिय गठबन्धनको अपिल : अवस्था र ठाउँ अनुसार तालमेल गर्नुस्


  • सोमबार, चैत्र २८ २०७८

  • पाँच दलिय गठबन्धनको अपिल :  अवस्था र  ठाउँ अनुसार तालमेल गर्नुस्

     

    काठमाडौं – स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई सत्तारुढ पाँच दलले आहृवान गरेका छन् ।
    सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर काठमाडौं – सत्तारुद गठवन्धन दलका शिर्ष नेताहरुले स्थानिय निर्वाचनमा गठवन्धन बनाएर जाने निर्णय गर्दै अपिल जारी गरेका छन । अपिलमा देशभर ठाँउ र अवस्था हेरेर तालमेल गरिने उल्लेख छ । चुनावी तालमेलका लागी संयन्त्र निर्माण गर्ने समेत दलहरुले जनाएका छन । पाँच दलिय गठवन्धनका उम्मेदवारलाई जिताउँन समेत दलहरुले अपिल गरेका छन ।

    देश र लोकतन्त्र जोगाउन गठवन्धन गरिएको उल्लेख गर्दै पाँच दलले राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि गठवन्धनका उम्मेदवारलाई जिताउँन आग्रह गरिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्। ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij