Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आकासिँदै पेट्रोलिय पदार्थको मुल्य, महंगीको मारमा जनता !


  • बुधबार, चैत्र २३ २०७८

  • आकासिँदै पेट्रोलिय पदार्थको मुल्य, महंगीको मारमा जनता !

    काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । गए राति देखि लागू हुने गरी मुल्य वृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

    निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थको मुल्य आकासिदै जाँदा सर्वसाधारणको जन जीवन थप कष्टकर बन्दै जाने देखिएको छ ।

    पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतिय सामग्रीको प्रयोग बढाउने विषयमा समेत सरकारले प्रभावकारी काम गर्न सकेको छैन ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij