काठमाडौं – सत्तारुढ दलहरु विच चुनावी तालमेल हुँने भए पछि नेपाली कांग्रेसले आफ्ना तल्ला समितिहरुलाई तत्काल उम्मेदवार होल्ड गर्न र नाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । नाम सार्वजनिक भए पछि गठवन्धनमा समस्या पर्न सक्ने भएकाले त्यस्तो निर्देशन गरिएको बताइएको छ ।
विधानअनुसार वडाअध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुंगो लगाउने व्यवस्था छ ।
त्यसका लागि सम्बन्धित तहको कार्यसमितिले हरेक पदमा सर्वसम्मत नभए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने र माथिल्लो तहले टुंगो लगाउने व्यवस्था छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
