Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखाको मेयरमा कांग्रेसबाट आधा दर्जन बढि आकांक्षी


  • बिहिबार, चैत्र १७ २०७८

  • टोखाको मेयरमा कांग्रेसबाट आधा दर्जन बढि आकांक्षी

    काठमाडौं– स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा देशैभर चहलपहल बढेको छ । काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसका तर्फबाट आधा दर्जन बढि मेयरका प्रत्यासी देखिएका छन् । गत निर्वाचनमा मेयर र उपमेयरसहित नेकपा एमालेले जित हासिल गरेको टोखामा यस पटक परिणाम उल्टाउने प्रयासमा कांग्रेस लागेको छ ।

    अघिल्लो निर्वाचनमा करिब १२ सय मतले पराजित भएका हरिहर अधिकारीले पुनः मेयरमा दावी गरेका छन् । कांग्रेस महासमिति सदस्य तथा बागमति प्रदेशका सदस्य अधिकारी यस पटकको निर्वाचन जित्न सकिनेमा विश्वस्त देखिन्छन् । मेयरमा नै अघिल्लो पटक उपमेयरमा झिनो मतले पराजित रजनी थापाले पनि दावी गरेकी छिन् ।

    अघिल्लो पटक उपमेयरमा झिनो मतले पराजित भएको र महिला नेतृत्वलाई मतदाताले विश्वास गर्ने बुझाईका साथ उनले दावी प्रस्तुत गरेकी हुन ।

    अघिल्लो निर्वाचनमा प्रदेश सभाको समानुपातिकका उम्मेदवार  मनिष जोशीले पनि मेयरमा दावी प्रस्तुत गरेका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका जोशी आफुसँग अन्य प्रतिस्पर्धी भन्दा फरक कार्यशैली र एजेण्डा रहेको दावी गर्दछन् ।

    यस अघिका कांग्रेसका नगर सभापति एंव अहिलेका महाधिवेशन प्रतिनिधि बसन्त श्रेष्ठले पनि टोखा नगरको मेयरमा दावी गरेका छन् । यस अघि पनि मेयरमा दावी गरेका श्रेष्ठले अहिले आफुले पाउनु पर्ने तर्क अघि सारेको बताइएको छ ।

    पुर्वमहाधिवेशन प्रतिनिधि मुरारी तामाङले पनि मेयरको उम्मेदवारी प्रस्तुत गरेका छन् । युवाहरुको समर्थन आफुलाई रहेको दावी गर्ने तामाङ चुनाव जित्नका लागि आफ्नो बिकल्प नरहेको बताउँछन् ।

    त्यसैगरी नगर सभापति ओमकृष्ण बिमलीले पनि मेयरमा दावी गरेका छन् । नगर सभापति भएकाले आफ्नो दावी स्वभाविक रहेको उनको दावी छ । नगरको नेतृत्व गर्न आफु सक्षम रहेकोले आफु अघि बढेको उनले बताए ।

    महाधिवेशन प्रतिनिधि जनकराज श्रेष्ठ पनि मेयरको प्रतिस्पर्धामा छनु भने केदार पाठक, ऋषिराम अर्याल र दशरथ बानियाँ पनि मेयरका आकांक्षी छन् ।

    एमालेमा पुनः अधिकारीकै सम्भावना

    नेकपा एमालेबाट वर्तमान मेयर प्रकाश अधिकारी कै सम्भावना छ । सन्तोषजनक काम गर्न नसकेको आरोप पार्टी भित्रैबाट लागेको पनि अधिकारीको विकल्पबारे छलफल नभएको एमाले स्रोतले बताएको छ । अधिकारीलाई टोखा नगरको विपक्षी कांग्रेसले चुनावका बेला घोषीत प्रतिबद्धता पुरा गर्न नसकेको र अनेकौ अनियमित क्रियाकलापमा जोडिएको भन्दै कडा आलोजना गर्दै आएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij