Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धनुषामा व्यवसायी र प्रहरीबीच झडप


  • आइतबार, चैत्र १३ २०७८

  • धनुषामा व्यवसायी र  प्रहरीबीच झडप

    धनुषा– धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय व्यापारी र प्रहरीबीच आइतबार झडप भएको छ।
    पान पसलमा आगलागी भएको घटनाको विरोधमा स्थानीय व्यवसायी र बजार व्यवस्थापन समितिले सडक अवरूद्ध पारेर प्रदर्शन गर्ने क्रममा झडप भएको हो।
    झडपमा एकजना प्रहरी र एकजना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शनिबार राति साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पान पैलेसमा आगलागी भएको थियो ।
    प्रहरीले लापरबाही गरेको र नगरपालिकाले बजारमा सिसिटिभी जडान नगरेकाले घटना भएको भन्दै स्थानीयले बिहानैदेखि नगरपालिकाका मेयर बेचन दास र प्रहरी विरूद्ध टायर बालेर प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।
    अहिले आन्दोलनकारी, नगरपालिका र प्रहरीबीच छलफल चलिरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij