काठमाडौं– पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १२६ जनामा संक्रमण पुष्टि भएको हो। ८ हजार ९३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार ९१ जनाको पिसिआर गर्दा १११ र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर ७ हजार २४३ जना सक्रिय संक्रमित छन्।
शुक्रबार ३८५ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
