काठमाडौं – शुक्रवारको संसद बैठकमा एमसीसी पेश नहुने भएको छ । आज सत्तारुढ गठवन्धन दलको बैठकमा सहमति नजुटे पछि शुक्रवार पनि एमसीसी टेवल नहुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवले एमसीसी संसदमा टेवल गर्न सत्ता गठवन्धनको बैठक बोलाएका थिए ।
तर सरकार फागुन १६ गते सम्म एमसीसी पारित गर्न दृढ देखिएको छ । माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एमसीसी पारित गर्न अस्वीकार गरे पछि सत्ता गठवन्धन टुट्ने खतरा बढेको छ ।
बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए।
एमससी शुक्रवार संसदमा पेश नहुन
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
