Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वमन्त्री पाण्डे भन्छन – ‘मैले घुस खाएको छु, दण्डित गरियोस’


  • बुधबार, फाल्गुन ४ २०७८

  • पूर्वमन्त्री पाण्डे भन्छन – ‘मैले घुस खाएको छु, दण्डित गरियोस’

    काठमाडौं, ४ फागुन । आफू मन्त्री हुँदा ‘घुस खुवाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पुर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् ।

    आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उद्योगपतिसमेत रहेका पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मुद्दा पुनर्जीवित गरेर कारबाही गरेमा आफू जेल जानसमेत तयार रहेको स्पष्ट पारेका हुन् ।

    पुर्वमन्त्री पाण्डेले बारम्बार आफु दोषी हुँ र मलाई दण्डित गरियोस् भन्दा पनि आफुलाई सरकारले कुनै कारबाही नगरेको टिप्पणी गरे । पुर्वमन्त्री पाण्डेले १९ वर्ष अघि पनि रिपोर्टर्स क्लब नेपालमा आएर आफुलाई दण्डित गर्न माग गर्दै कालोपट्टी बाँधेको स्मरण गराए । उनले आज पनि क्लबका सभापति ऋषि धमलामार्फत आफ्नो आँखामा पट्टी बाधेका हुन् ।

    पहिलोपटक भारतले २०४५ सालको अन्तमा लगाएको आर्थिक नाकाबन्दी पछि आफुले विश्व बैंकमा अरुण तेस्रोको बारेमा वार्ता गरेको उनले सुनाए । आफुले पछिल्लो समयमा सकेसम्म राष्ट्रिय उत्पादन र सस्तो सामाग्री प्रयोग गर्दै आएको पनि बताए । उनले भने,‘मैले सम्पत्ति आर्जन गर्न अरुलाई घुस दिएको हो, जे आर्जन गरें त्यसको केही मातृभुमिलाई दिनुपर्ने थियो त्यो दिएको छैन्, त्यति हुँदापनि म प्रतिष्ठित भएर यो समाजमा हिडिरहेको छु । मलाई राज्यले दण्ड दिनुपर्छ । म जेल जान पनि तयार छु ।’

    उनले १९ वर्ष अघिको घटना स्मरण गराउँदै आफुले काँस्की प्रहरीमा दण्ड गर्न आग्रहसहितको निवेदन दिएको सुनाउँदै भने,‘काँस्की प्रहरीले केही नगरेपछि म अख्तियारमा गएँ र दण्डित गर्न आग्रह गरेको थिए । त्यत्तिबेला अख्तियारले मेरो मुद्दा तामेलीमा राख्यो । तर कुनै फैसला गरेन्, अख्तियारले तामेलीमा राखेको मुद्दा फेरी पुर्नजीवित गराउन यही क्लबमार्फत आग्रह गर्दछु ।’

    नेपाली नागरिकको हैसियतले मातृभमिलाई दिनुपर्ने तर नदिएको हिस्सा फिर्ता दिन चाहेको भएपनि आजसम्म सरकारले लिन नचाहेकोमा पाण्डेले आश्चर्य प्रकट गरे । उनले भने,‘त्यो रकम आज पनि सुरक्षित छ आजपनि सरकारले मागेमा म दिन तयार छु ।’ पाण्डेले २०५९ सालमा अख्तियारको तामेलीमा भएको केस उल्टाएर आफुलाई कारवाही गर्न सरकार र सम्बन्धित निकायसँग पटक–पटक आग्रह गरे । उनले आफुलाई धेरैले बौलाएको आरोप लगाएपनि त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारे ।

    अख्तियारले पुरानो फाइल उल्टाइदिएमा आफु निकै खुशी हुनेपनि सुनाउँदै उनले भने,‘मलाई अख्तियारले कारवाही गरोस्, जेल हालोस । अख्तियारले मलाई कारवाही हुँदा खुशी हुने थिएँ ।’ यदि सरकारले आफुलाई दण्ड इच्छानुसार परिवारबाट अलग रहने, स्वास्थ्योपचारबाहेक अन्य समयमा विदेश नजाने र सबै भक्तजनहरु जान नमिल्ने मन्दिरमा प्रवेश नगर्ने पनि उनले स्पष्ट पारेका छन्

    पाण्डेले ३ करोड रुपैयाँबाट ६ सय विद्यार्थीहरुलाई आफुले छात्रवृत्ति दिइरहेको पनि जानकारी दिए । स्वास्थ्यले साथ दिएमा परिवारदेखि आफुू करिब १ वर्ष टाढा बस्ने पनि उनले स्पष्ट पारे । परिवारबाट टाढा भएर भिक्षाटनमा बस्न खोजेको तर पलायन हुन नचाहेको उनको स्पोष्टोक्ति थियो ।

    उनले आफु गरिब नेपाली भएर मर्न नचाहेको पनि बताए । उनले आफ्ना ५ जना छोरीहरु मेडिकल डाक्टर र एक छोरा इन्जिनियर भएकोसमेत जानकारी दिए । आफु मन्त्री भइसकेको व्यक्ति भएकोले सामाजिक र आर्थिक हिसाबले पनि आफु गरिब नभएको उनको दाबी छ । उनले भने,‘ मैले अहिले पनि ७/८ वटा कम्पनी चलाएको छु, म धनी मान्छे हु ।’ तर गरिबमाराको रुपमा आफ्नो पहिचान स्थापित भएको भन्दै त्यो पहिचानलाई भने मेटाउन चाहेको पुर्वमन्त्री पाण्डेले बताए ।

    नेपालको गरिबी मुक्तिको सम्भावना रहेको भन्दै उनले आफुले गरिबको मुक्तिको लागि पुस्तक पनि लेखेको सुनाए । उनले आफु अब राजनीतिभित्र प्रवेश नगरेर पनि नेपालको विकासको निम्ति लागिपर्ने बताए । पाण्डेले आफुले नेपाल इन्जिनियरिङ कलेजको एक पैसा पनि नखाएको समेत स्पष्ट पारे ।

    पूर्वमन्त्री पाण्डे भन्छन – मैले घुस खाएको छु दण्डित गरियो

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij