Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

३ हजार ५४० जनामा संक्रमण पुष्टि, थप ३२ जनाको मृत्‍यु


  • आइतबार, माघ १६ २०७८

  • ३ हजार ५४० जनामा संक्रमण पुष्टि, थप ३२ जनाको मृत्‍यु

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । यता, मृतकको संख्यामा ३२ जना थप भएका छन् । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij