काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जना कोभिड १९ संक्रमित थपिएका छन् । १९ हजार ८६९ नमुनामा परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ । आज १० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
