काठमाडौं– पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
