Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुस्टर डोज खोप काठमाडौंका यी अस्पतालमा लगाउन पाइन्छ


  • मंगलबार, माघ ४ २०७८

  • बुस्टर डोज खोप काठमाडौंका यी अस्पतालमा लगाउन पाइन्छ

    काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ । यही माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

    पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई दिएपछि ६० वर्षभन्दा माथिकालाई माघको दोस्रो सातादेखि बुस्टर दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij