Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको निर्देशन : ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र उपचारमा विशेष ध्यान दिनु


  • शुक्रबार, पुष २३ २०७८

  • प्रधानमन्त्रीको निर्देशन : ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र  उपचारमा विशेष ध्यान दिनु

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरूको उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।

    साथै प्रधानमन्त्रीले ओमिक्रोनको संक्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए । संक्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

    बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरूको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको स्वास्थ्य मन्त्री विरोध मन्त्री खतिवडाले जानकारी दिए ।

    बैठकले संघीय सरकारले व्यहोर्नेगरी संक्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल गरेको छ।  बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij