काठमाडौं – नेकपा माओवादी वेन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनितिक भेटघाट बन्द गरेका छन । कोरोना संक्रमण बढ्न थाले पछि भेटघाट बन्द गरिएको स्वकिय सचिव गंगा दाहालले जनाएकी छिन ।
उनले सामाजिक संजालमा भनेकि छिन :
‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
