Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिट चोर्न नदिएको भन्दै विद्यार्थीले शिक्षकको टाउको फुटाइदिए पछि …!


  • मंगलबार, पुष ६ २०७८

  • चिट चोर्न नदिएको भन्दै विद्यार्थीले शिक्षकको टाउको फुटाइदिए पछि …!

    काठमाडौं – परिक्षामा विद्यार्थीले चिट चोर्न हुँदैन । कसैले चोरेमा रोक्नु शिक्षकको कर्तव्य हो । तर आफ्नो कर्तव्य पालना गर्दै चिट चोर्न रोक्ने शिक्षकलाई विद्यार्थीले टाउकोमा सात टाँका लगाउनु पर्ने गरि कुटिपिट गरेको घटना सर्वजनिक भएको छ । कुरा राजधानीको पुरानो र चर्चित क्याम्पस आर आर अर्थात रत्न राज्यलक्ष्मी क्याम्पसको हो । एक छात्राले चिट चोरिरहेको देखेपछी शिक्षक प्रकाश पुडासैनीले रोके ।

    शिक्षकले रोके पछि विद्यार्थीहरुले होहल्ला गरे । एमाले सम्बद्ध विद्यार्थी संगठन अखिलका युवाहरुले परिक्षा नै स्थगित गर्न माग गर्दै हल्ला गरे पछि क्याम्पस प्रशासनले छलफल थाल्यो ।

    छलफल चलिरहेको वेला विद्यार्थी कुवेर जेठाराले स्टीलको जगले पुडासैनीको टाउकोमा हान्न थाले । शिक्षक पुडासैनीको टाउको फुट्यो । उनलाई मोडल अस्पताल लगियो । उनको टाउकोमा सात टाँका लगाइएको छ ।

    आक्रमण गर्ने कुवेर भने फरार छन । मंगलवारको परिक्षा स्थगित भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij