Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ३१६ जनामा कोरोना संक्रमण


  • बिहिबार, मंसिर १६ २०७८

  • थप ३१६ जनामा कोरोना  संक्रमण

    काठमाडौं– नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१६ जना संक्रमित थपिएका हुन्।
    पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ९१९ जनाको पिसिआर परीक्षण र १८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
    नेपालमा हाल ६ हजार ९५४ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ। २५९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij