काठमाडौँ – बिगतका बर्ष झै यस बर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो ।
फेसन शोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसन मार्फत २८ फिमेल र ८ मेल मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनौट गरेको छ । होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।
‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । बिगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस बर्ष बिगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेनट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
