Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीमा बस दुर्घटना हुँदा १० जना घाइते


  • बिहिबार, मंसिर ९ २०७८

  • नवलपरासीमा बस दुर्घटना हुँदा १० जना घाइते

    काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४, एसमोडमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

    पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ८१३८ नम्बरको बस आज बिहान करिब ६ बजे अनियन्त्रित भई नालामा पल्टिएको जनाइएको छ ।

    घाइते भएका बस चालकसहित बसमा सवार १० जनालाई उपचारका लागि सामुदायिक अस्पताल चिसापानी पठाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij