Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने


  • सोमबार, मंसिर ६ २०७८

  • अब सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने

    काठमाडौं – सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी नियमावलीमा गरिएको संशोधन ग।िएको हो ।
    सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ ।

    मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो ।
    उक्त संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ, अब सबै मुद्दाको पेशी गोला प्रथाबाट तोकिने भएको छ ।

    हेर्नुहोस् संशोधित नियमावली

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij