Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८ हुने


  • सोमबार, मंसिर ६ २०७८

  • राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८ हुने

    काठमाडौँ- नेपाली कला संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवर्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८’ ( प्रतियोगिता सहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्ने भएको छ। विभिन्न जिल्लाको स्थानिय कला संस्कृति झल्कने झाँकी देखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरि कार्यक्रम सम्पन्न गरिने छ।

    आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक रास्ट्रीय काँठे लोक दोहोरि महोत्सवको आयोजना गरेको थियो। उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो। ०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पांच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए।

    यस पटक ‘राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८’ ( प्रतियोगिता सहितको सांस्कृतिक मौलिक मेला) को दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक कमिटिको अनुमान रहेको छ। चैत्र दोश्रो हप्ता हुने कार्यक्रम टुँडिखेलमा दर्शकले निशुल्क अवलोकन गर्न पाउनेछन्। विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरि गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij