काठमाडौं – नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको १४ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन । पार्टीमा गुटको बोलवाला भएकाले वैचारिक पक्ष कमजोर भएको भन्दै आचार्यले उपसभापति पदमा उम्मेदवारी दिने बताएका हुन ।
पार्टी भित्र ‘लो प्रेफाइल’ मा वस्न रुचाउने आचार्यले पार्टी भित्र वैचारिक पक्षको वकालत गर्दै उम्मेदवारी दिने बताए । युवा अवस्थामा नै अर्थ मन्त्री बनेर चर्चा कमाएका आचार्य कोइराला परिवारकै सदस्य हुन ।
कुनै पनि गुटमा खासै नदेखिएका उनी सार्वजनिक चर्चामा समेत आउन रुचाउँदैनन । पार्टी संगठन भित्र लोकप्रिय रहेका आचार्य पछिल्लो पटक शुसिल कोइराला नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री थिए ।
उनको उम्मेदवारीले पार्टी वृत्तमा एक प्रकारको तरंग सृजना भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
